थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए | Khabarhub Khabarhub

थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा झण्डै दुई सय फूलको डोली भित्रिएका छन् । गत  कात्तिक महिनादेखि आज मङ्सिरको पहिलो मङ्गलबारसम्म एक सय ९७ वटा फूलको डोली भित्रिएका हुन् ।

मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मंगलबार र ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मंगलबार ३६ वटा फूलको डोली भित्रिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए। 

कात्तिकको दुई मंगलबार दसैँ र दीपावली परेकाले फूलको डोली नभित्राइएको उनले बताए। मङ्सिरको पहिलो मंगलबार तीन हजार दुई सय चालिस भक्तजनले पूजाअर्चना गरेकामा सोमबार राति तीन सय पाँच जनाले बत्ती बालेर रातभर जाग्राम बसेका थिए । 

कात्तिकको प्रत्येक मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । 

थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने मन्दिरका पुजारी श्याकुमार थापाले जानकारी दिए । 

उनीसहित, कृष्णबहादुर आले र कृष्णबहादुर खुलाल गरी तीन पुजारीले मन्दिरमा पूजा  गर्दै आएका छन् । पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । 

परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ । समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशङ्खला देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट संकलित छ लाखबाट उक्त मन्दिर पुनःनिर्माण गरिएको थियो । विसं १८२५ देखि सो मन्दिरमा पूजाअर्चना थालिएको हो अध्यक्ष थापाले बताएका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ०९ बजे

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

पर्सा – जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई