थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए « Khabarhub

थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा झण्डै दुई सय फूलको डोली भित्रिएका छन् । गत  कात्तिक महिनादेखि आज मङ्सिरको पहिलो मङ्गलबारसम्म एक सय ९७ वटा फूलको डोली भित्रिएका हुन् ।

मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मंगलबार र ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मंगलबार ३६ वटा फूलको डोली भित्रिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए। 

कात्तिकको दुई मंगलबार दसैँ र दीपावली परेकाले फूलको डोली नभित्राइएको उनले बताए। मङ्सिरको पहिलो मंगलबार तीन हजार दुई सय चालिस भक्तजनले पूजाअर्चना गरेकामा सोमबार राति तीन सय पाँच जनाले बत्ती बालेर रातभर जाग्राम बसेका थिए । 

कात्तिकको प्रत्येक मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । 

थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने मन्दिरका पुजारी श्याकुमार थापाले जानकारी दिए । 

उनीसहित, कृष्णबहादुर आले र कृष्णबहादुर खुलाल गरी तीन पुजारीले मन्दिरमा पूजा  गर्दै आएका छन् । पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् । 

परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ । समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशङ्खला देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट संकलित छ लाखबाट उक्त मन्दिर पुनःनिर्माण गरिएको थियो । विसं १८२५ देखि सो मन्दिरमा पूजाअर्चना थालिएको हो अध्यक्ष थापाले बताएका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ०९ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार