धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ « Khabarhub

धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको बताए। पक्राउ परेका व्यक्तिहरूबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ३६ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर