नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

सङ्खुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। 

उनलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले बताए। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी बनाएका थिए।

फेक आइडी बनाएर ती नाबालिकाको तस्बिर दुरुपयोग गरी अश्लिल कमेन्टसहित आफन्त तथा साथीहरूलाई पठाएको ब्युरोले जनाएको छ। 

यसरी चरित्रहत्या गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग