के शाखरुख खान छोरीसँग फिल्म खेल्दैछन् ? | Khabarhub Khabarhub

के शाखरुख खान छोरीसँग फिल्म खेल्दैछन् ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र उनकी छोरी सुहाना एउटै चलचित्रमा देखिने भएका छन् । यी बाबुछोरीले एक्सन थ्रिलर चलचित्र ‘किङ’ मा सँगै काम गर्ने भएका हुन् ।

चलचित्रमा पनि यी दुई बाबुछोरीकै भूमिकामा देखिने भएका छन् । बाबुछोरीको कथामा आधारित यस फिल्म रेड चिलिज र मार्फलिक्स इन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गर्ने भएका छन् । रेड चिलिज शाहरुखको प्रडक्सन कम्पनी हो भने मार्फलिक्स इन्टरटेन्मेन्ट सिद्धार्थ आनन्दको हो ।

पठान चलचित्रमा काम गर्दा शाहरुख खानसँग नजिएका सिद्धार्थले किङमार्फत् सम्बन्ध अझ विस्तार गर्न लागेका हुन् ।

भारतीय मिडियाहरुका अनुसार यस फिल्मको निर्देशन सुजोय घोशले गर्ने भएका छन् । घोेश अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छन् । हाल स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी छ । उनीहरु २०२४ को जनावरीदेखि सुटिङमा निस्कने तयारीमा रहेको भारतीय मिडियाले जनाएका छन् ।

सुहानको डेब्यू चलचित्र ‘द आर्चिज’ डिसेम्बर ७ मा नेटफिक्समा सार्वजनिक हुँदैछ । यसको अनुभवले पनि उनलाई किङमा काम गर्न सहज हुनेछ । फ्यानहरुले शाहरुखको सुहानासँग चलचित्र एक्सनभन्दा पारिवारिक बनोस् भन्ने अपेक्षा गरेका छन् ।

यसअघि शाहरुखले सन् २०१९मा ‘द लायन किङ’ मा जेठो छोरो आर्यनसँग पनि काम गरेका थिए । आर्यनले त्यस चलचित्रमा आवाज दिएका थिए । छोरासँगको सहकार्यले उनको चलचित्र प्रचारका पनि केही सहयोग भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ०४ बजे

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू