२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज « Khabarhub

२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज

दुई दिनपछि विवाह गर्दै


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान ५६ वर्षको उमेरमा दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले प्रेमिका शौरा खानसँग २४ डिसेम्बरमा लगनगाँठो कस्न लागेका हुन् ।

अरबाजको परिवार विवाहको तयारीमा जुटिसेको छ । यस विवाह समारोहमा परिवार र नजिकका साथीहरुलाई मात्र उपस्थित गराउने खान परिवारको तयारी छ ।

२१ वर्षीय छोराका बुबा अरबाजको विवाह मुम्बइमै हुने बताइएको छ ।

को हुन् अरबाजको दुलही ?

शौरा व्यवासायिक मेकअप आर्टिस्ट हुन् । उनले धेरै फिल्म र टेलिभिन शोमा मेकअप आर्टिस्टको रुपमा काम गरिसेकेकी छिन् । उनले नायिका रबिना टण्डनलगायतका कलाकारसँग पनि काम गरेकी छन् ।

अरबाज र शौराको भेट पनि कामकै दौरान फिल्म सेटमा भएको हो । अरबाजले निर्माण गर्न लागेको फिल्म ‘पटना शुक्ला’मा यी दुईको पहिलो भेट भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भेटको सुरुवातदेखि नै उनीहरु प्रेम सम्बन्धमा बसेका बुझिएको छ । शौराले आधिकारिक इन्स्टाग्राम खाता भने प्राइभेट गरेकी छन् ।

सम्बन्धमा असफल अरबाज

अरबाज यसअघि अभिनेत्री तथा डान्सर मलाइका अरोरासँग विवाह बन्धनमा थिए । प्रेम सम्बन्धलाई सन् १९९८ मा विवाहमा परिवर्तन गरेको यो जोडी एक बच्चा पनि भयो । सन् २००२ मा उनीहरुले अर्हान खानलाई जन्म दिएका थिए । १८ वर्षपछि यो जोडीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका थिए ।

सन् २०१६ मा डिभोर्सपछि अर्हान बुबासँगै बस्दै आएका छन् । यद्यपि मलाइका पनि छोरासँग भेट गरिरहेकी हुन्छिन् । मलाइका नायक अर्जुन कपुरसँग प्रेम सम्बन्धमा मस्त छन् । उनीहरु सामाजिक सन्जालमा प्रेमिल तस्बिरहरु सार्वजनिक गरिरहेका हुन्छन् ।

मलाइकासँगको डिभोर्सपछि अरबाज मोडल तथा अभिनेत्री जर्जिया एन्ड्रियानीसँग प्रेम सम्बन्धमा थिए । उनीहरु सार्वजनिकस्थानमा पनि प्रायः सँगै देखिन्थे ।

अरबाजको यो सम्बन्ध सफल हुन सकेन । २२ वर्ष कान्छी प्रेमिका जर्जियासँग सम्बन्ध टुटेको हल्लाकै बीच शौरासँग विवाहको कुरा बाहिरिएको हो ।

(भुल सुधार: यसअघिको समाचारमा सलमान खानको भाइ हुनुपर्नेमा अन्यथा भएकाले क्षमा याचनासहित सच्याइएको छ – सं )

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ०२ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा