इंग्ल्याण्डविरुद्धकाे टी–२० सिरिज वेस्टइन्डिजलाई « Khabarhub

इंग्ल्याण्डविरुद्धकाे टी–२० सिरिज वेस्टइन्डिजलाई


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेस्टइन्डिजले इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३–२ ले जितेको हो ।

इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १९ ओभर २ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

वेस्टइन्डिजका लागि शाई होपले अविजित ४३ रनको योगदान गरे । यसैगरी, शेर्फान रादरफोर्डले ३०, जोनसन चार्ल्सले २७ र निकोलस पुरनले १० रन बनाए ।
इंग्ल्याण्डका आदिल राशिद र रिस टोप्लीले दुई–दुई तथा क्रिस वोक्स र साम करनले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले  १९ ओभर ३ बलमा अल आउट हुँदै १ सय ३२ रन बनाएको थियो ।

योसँगै पाँच खेलको टी–२० सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । यसअघि वेस्टइन्डिजले ४ विकेट र १० रन तथा इंग्ल्याण्डले ७ विकेट र ७५ रनको जित निकालेका थिए । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ०४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र