स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण « Khabarhub

स्वास्थ्य शिविरमा १३ सय बिरामीको निःशुल्क परीक्षण


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ– सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुइँचो लागेको छ ।

बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो ।

काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउन सक्नुपर्ने बताए ।

राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकिर गरे । सांसद शर्माले शिविरबाट ओटी रेफर भएका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने पनि बताए ।

शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद शर्माले पुर्‍याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् ।

सांसद शर्माले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हजारौँ नागरिक लाभान्वित भएको बताउँदै उनले बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको बताइन् ।

शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ ।

शिविरमा स्त्री तथा प्रसूति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए । शिविरबाट ओटी रेफर भएकाहरूलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् ।

गाउँमै काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू भीड लागेको थियो ।

स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको थियो । उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : १८ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी