डंकीको ओपनिङ पठान र जवानभन्दा कमजोर  « Khabarhub

डंकीको ओपनिङ पठान र जवानभन्दा कमजोर 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म डंकी उत्साहजनक व्यापार गर्नबाट चुकेको छ । यस वर्षको प्रदर्शनमा आएको उनको बहुप्रतिक्षीत फिल्मले पहिलो दिन घरेलु बजारमा बढीमा ३२ करोड भारुको व्यापार गरेको छ । जुन रकम यसै वर्ष प्रदर्शनमा आएको उनको फिल्म पठान र जवानको भन्दा कम हो । 

इमोसनल सोसल ड्रामा बनेको यस फिल्मका लागि पहिलो दिन १५ करोड टिकट बुकिङ भएको थियो । ट्रेड रिपोर्टसका अनुसार पहिलो दिन भारत भरी सबै भाषामा बढीमा ३२ करोडको व्यापार भएको छ । विदेशमा २२ करोडसहित पहिलो दिन ५४ करोडको व्यापार भएको हो ।

बिहीबार प्रदर्शनमा आएका कारण पनि यस फिल्मले व्यापारमा केही धक्का लागेको हुनसक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।यस वर्ष बक्स अफिसमा शाहरुखले सुपरहिट फिल्मले ह्याट्रिक हान्नेमा समर्थकहरू आशावादी थिए ।

थ्री इडिएट, मुन्ना भाइ एमबीबीएस, सन्जु जस्ता फिल्म निर्देशन गरेर आलोचकबाट पनि प्रशंसा पाएका राजकुमार हिरानीशाहरुखको सहकार्य विशेष बन्नेमा दर्शक आशावादी थिए । 

पठान र जवानभन्दा कमजोर 
यो वर्ष प्रदर्शनमा आएका शाहरुखका दुई फिल्म ५०० करोड क्लबमा प्रवेश गरेका फिल्म हुन् । जवानले पहिलो दिन घरेलु बजारमा ७५ करोडको व्यापार गरेको थियो भने जवानले ५७ करोड व्यापार गरेको थियो । 

शाहरुख र राजकुमारको सहकार्य बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान गरिएको बेला व्यापार उत्साहजनक नभएको हो । डंकीको पहिलो दिनको व्यापार शाहरुखे सन् २०१३ मा प्रदर्शनमा आएको चेन्नई एक्सप्रेसको बराबर कम हो । त्यो फिल्मले ३३ करोडको ओपनिङ गरेको थियो ।

दोस्रो दिन शुक्रबार भने ९ करोडको बुकिङ भएको छ ।  आजबाट प्रभासको सलार प्रदर्शनमा आउने भएकाले आगमी दिन डंकीका लागि थप चुनौतिपूर्ण देखिन्छ । 

विदेशमा कस्तो ?
प्रदर्शनको पहिलो दिन डंकीले विदेशी बजारमा २२ करोडको व्यापार गरेको छ । विदेशी बजारमा पनि राम्रो व्यापार गर्न छवि बनाएका शाहरुखको फिल्ले अस्ट्रेलियामा भने जवान र पठानको पनि रेकर्ड ब्रेक गरेको छ । 

त्यहाँ पहिलो दिन दुई करोड ३९ लाखको व्यापार भएको छ । त्यस्तै, यो फिल्मले उत्तर अमेरिकामा ६ करोड ३५ लाख भारुको व्यापार गरेको छ भने जर्मनीमा ७० वटा शोबाट झन्डै १ करोडको व्यापार गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ५० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले