हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि « Khabarhub

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो । 

विगतमा संघीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ । कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ । जसअनुसार प्रदेश सरकारले हेटौँडा अस्पतालमा थप दुई सय श्यया थप्न लागेको हो । 

हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० श्ययामा ४० थपगरेर सय पुर्‍याउने र प्रदेश सरकारले थपेको दुई सय श्यया गरी कुल तीन सय श्ययाको क्षमतामा अस्पताल सञ्चालन हुने समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिए। 

हेटौँडा अस्पताल तीन सय श्ययामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ । विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी थप गरेपछि सेवामा पनि विस्तार गर्न सकिने उनले बताए । तीन सय श्यया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मिर्गौलासम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उनले बताएका छन् । अस्पताल स्तरवृद्धि भएसँगै  प्रतिष्ठानलाई एमबीबीएसएमबी अध्यापनको लागि बाटो पनि खुलेको छ ।

अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ श्ययाको आइसियुएचडियु सञ्चालन गरिएको छ । विगतमा सातवटा श्ययाबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ श्यया रहेको सदस्य चौलागाईंले जानकारी दिए । अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुँदैछ । एनआइसियु सञ्चालनको तयारीमा रहेको उनले बताएका छन् । विगतमा एउटा शल्यक्रिया कक्षबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म शल्यक्रिया कक्ष सञ्चालन हुनेछ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको रु पाँच करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो । हाल अस्पतालमा चिकित्सक करिब ६६ सहित कुल कर्मचारी दुई सय ९१ जना रहेका छन् । तीन सय श्ययामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यकता पर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : २७ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन