तोरी खेतीप्रति बढ्दैछ किसानको आकर्षण  « Khabarhub

तोरी खेतीप्रति बढ्दैछ किसानको आकर्षण 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेलबारी– मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल  छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । 

जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको  । 

त्यसैगरी बेलबारी नगरपालिकामा दुई हजार पाँच सय, पथरशनिश्चरे नगरपालिकामा दुई हजार पाँच सय, सुन्दरहरैचा नगरपालिकामा एक हजार आठ सय, रङ्गेली नगरपालिमा छ सय, रतुवामाई नगरपालिकामा चार सय, लेटाङ नगरपालिकामा तीन सय, उर्लाबारी नगरपालिकामा आठ सय ७७, सुनवर्सी नगरपालिकामा तीन सय, विराटनगर महानगरपालिकामा ४०, बूढीगङ्गा गाउँपालिकामा एक हजार पाँच सय, कटहरी गाउँपालिकामा चार सय ६६, धनपाल गाउँपालिकामा दुई सय ३३, जहदा गाउँपालिकामा आठ, मिक्लाजुङ गाउँपालिकामा दुई सय ५०, केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।  

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्नसक्ने प्रमुख सिंहले बताए । ‘पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो’, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भने । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : २९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल