भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा | Khabarhub Khabarhub

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् । 

नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि भएका थिए भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजीफ्रान्कोइस ओलान्द मुख्य अतिथि हुनुभएको थियो । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गरेका थिए ।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन् ।

सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो । उक्त दिन भारतमा संविधान लागू भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो । देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ । 

गणतन्त्र भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । यद्यपि भारतले धेरै बहसपछि कमनवेल्थ अफ नेसन्समा सहभागी हुने निर्णय गरेको थियो ।

बेलायती साम्राज्यवादी शक्तिद्वारा प्रदर्शन गरिएका भव्य स्वागत कार्यक्रम र उत्सवहरूबाट प्रेरणा लिएर परेड सुरु गरिएको हो । बेलायतीहरूले गर्ने त्यस्ता प्रदर्शनबारे भारतीयहरू पहिले नै परिचित थिए । भारतको क्षमताबारे बाँकी विश्वलाई सन्देश पठाउने लक्ष्यसमेत परेडले राखेको छ ।

सन् १९५० मा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोबाट सुरु गरेर भारतले परेडमा सधैँ एक विदेशी विशिष्ट व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्न थालेको थियो । प्रमुख अतिथिहरूको सूचीले देशको वर्षौँदेखिको कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : २६ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि