आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २५ गते बुधबार सन् २०२६ नोभेम्बर ११ तारिख। कार्तिक शुक्ल पक्षको द्वितीया तिथि। भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती र किजा पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ। व्यापारमा थप मिहिनेत गर्नु पर्ने दिन छ ।

वृष : दिन राम्रो छ । आम्दानी हुनेछ । पुराना मित्रसँगको  भेटले  मनमा   खुसी मिल्नेछ । परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ । यात्रामा फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ ।

सिंह : दिन राम्रो छ । संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । तर विवादबाट जोगिनुपर्ने दिन छ ।

कन्या : मन अशान्त बन्नेछ । लगानीको क्षेत्रबाट घाटा हुनेछ । परीक्षाको नतिजा राम्रो आउनेछ । हरेक काममा परिवारले राम्रो साथ दिनेछन् । शिक्षामा उन्नति हुनेछ ।

तुला : दिन राम्रो छ । दीर्घकालीन रोगबाट मुक्त हुने योग छ । आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ । रोगले भने  सताउने जोखिम भएकाले  सावधानी अपनाउनुपर्नेछ ।

धनु : दिन सामान्य छ । खर्च बढ्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट घाटा हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ, सचेत हुनुहोला ।

मकर : पारिवारिक मेलमिलाप हुनेछ । बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ । परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ ।

कुम्भ : सोचेको काम बन्दा मनमा खुसी मिल्नेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ ।

मीन : थोरै बोलेर अघि बढ्नुपर्ने दिन  छ । व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ । राज्यको तर्फबाट भय बढ्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ५ : ३७ बजे

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २५ गते बुधबार सन् २०२६

मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ ।

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका