जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र « Khabarhub

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ ।

 यहाँ आज आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताए । उनले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गरे।

जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो । विगत पचास वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा काम गर्दै आएको जानले जापानको प्रविधि नेपालमा भित्र्याउने, मित्रता बढाउने, अप्ठ्यारोमा सहयोग आदान–प्रदान गर्ने कार्यमा योगदान पुर्‍याउँदै आएको छ ।

जापान सरकारले त्यस कार्यको मूल्यांकन गर्दै जानबाट उल्लेखनीय योगदान भएको जनाउँदै प्रशंसापत्र उपलब्ध गराएको हो । समारोहमा जानका अध्यक्ष डा भुसालले ५० वर्षअघि जाइका कार्यक्रममार्फत अध्ययन र तालिममा गएका अग्रजले नेपाल–जापानबीचको मित्रतालाई प्रगाढ तुल्याउने, प्रविधि हस्तान्तरण र सहयोग अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सामाजिक संस्थाका रूपमा जान स्थापना गरिएको बताए ।

संस्थामा नेपालका सरकारी निकायका उच्च तहमा रहेका सहित एक हजार दुई सय सदस्य रहेको जानका आजीवन सदस्यको सङ्ख्या छ सयभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो ।

सन् १९७३ मा स्थापना भएको संस्थाको ५०औँ स्वर्ण महोत्सवका अवसरमा प्रशंसापत्र हस्तान्तरण कार्यक्रम भएको हो । विश्वमा जापानसँग जोडिएका यस्ता संस्थाको सङ्ख्या एक सयभन्दा बढी छ । उक्त संस्थाको तीन कार्यकालदेखि डा भुसाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका उच्च अधिकृत र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : २१ बजे

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध