महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो « Khabarhub

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ । 

प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिएका छन् ।

एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो ।

यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन् ।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ५० बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार