नेपाली औषधिको प्रवर्द्धन गर्न फर्मा एक्स्पो « Khabarhub

नेपाली औषधिको प्रवर्द्धन गर्न फर्मा एक्स्पो


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनका सङ्घका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उत्पादनको बजारीकरण गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि एक्स्पो आयोजना गर्न थालिएको जानकारी दिए ।

उनले एक्स्पोमा नेपाली औषधि कम्पनीले भित्र्याएको प्रविधिबारे पनि जानकारी गराइने बताएका छन् । नेपाली औषधि उत्पादनको अमेरिका, जापान, चीन र भारतले उत्पादन गर्ने प्रविधि अवलम्बन गरेको उनले बताए । नेपाली उद्योगले उत्पादन गरेका ५० प्रतिशत औषधिले नेपाली बजार धानेको अध्यक्ष प्रधानले जानकारी दिए । एक्स्पो चितवनमा आगामी फागुन २५ देखि २७ गतेसम्म हुने छ ।

एक्स्पो संयोजक प्रभात रुङ्गाटाले औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने बताएका छन् । एक्स्पोमा नेपालमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि सेमिनारसमेत आयोजना गरिने उनले बताए । उनले विदेशी युवालाई लक्षित गरेर ‘करिअर मिट’समेत एक्स्पो आयोजना गरिएको बताए।

एक्स्पोमा नेपाली औषधि उत्पादन गर्ने प्रविधिबारे जानकारी लिनका लागि कम्बोडिया, जर्जियाबाट मानिस आउने उनले बताए। एक्स्पोमा चीन, भारत, सिङ्गापुर र बंङ्गलादेशका एक सय ५० भन्दा बढी कक्ष रहनेछन् ।

सङ्घका पूर्वअध्यक्ष जीनारायण क्षेत्री र शङ्कर घिमिरेले विगतको तुलनामा नेपाली औषधि उत्पादनले फड्को मारेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट नेपाली औषधि उत्पादन भइरहेको बताए । प्रत्येक दुई-दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : २२ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा