दक्षिणी भियतनाममा मंकी पक्सका कारण ६ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिणी भियतनाममा मंकी पक्सका कारण ६ जनाको मृत्यु


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

हनोई– भियतनामको दक्षिणी इलाकामा मंकी पक्स  सङ्क्रमणबाट छ जनाको मृत्यु  भएको छ ।  साथै सङ्क्रमणबाट ११७ बिरामी परेको  हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले जानकारी दिएको छ ।

संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ। हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जानकारी दिएका छन् । 

तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् । गत अक्टोबरमा भियतनाममा मंकी पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ४२ बजे

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा