गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास « Khabarhub

गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध श्रेष्ठ चितवनका कप्तान पनि हुन् ।

प्रतियोगिताको प्लेअफ सम्भावना सकिए पनि लिगको अन्तिम खेलमा चितवनले झापामाथि २–० को जित निकालेको छ ।

लामो सयमदेखि घरेलु फुटबल खेल्दै आएका श्रेष्ठ एक दशकको प्रतिक्षापछि २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।

राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो । ०५९ मा एन्फा एकेडेमीमा आवद्ध श्रेष्ठ २०६६ सालसम्म त्यहीं रहेका थिए ।

एन्फा एकेडेमीबाट निस्केयता उनले मनाङ मर्स्याङ्दीलाई पहिलो रोजाईको क्लब बनाएका थिए ।

दस वर्ष मनाङबाट खेलेका उनी ०७६ सालदेखि मछिन्द्र क्लबमा आवद्ध छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ४३ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट