विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

आज पुस ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

केरलामा कोभिडबाट एक जनाको मृत्यु, २६५ संक्रमित
केरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ९७ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड(१९ सङ्क्रमित रहेका थिए । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार दुई हजार तीन सय ११ बाट बढेर दुई हजार छ सय ६९ पुगेको थियो ।

यसैबीच कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताका बीच विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले यो चासोको नभई चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताएका छन् ।

डब्लुएचओले हालै जेएन।१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए।२।८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन।१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ ।

दक्षिणी भियतनाममा मंकी पक्सका कारण ६ जनाको मृत्यु
भियतनामको दक्षिणी इलाकामा मंकी पक्स सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेको हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले जानकारी दिएको छ ।

संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ। हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जानकारी दिएका छन् ।

तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् । गत अक्टोबरमा भियतनाममा मंकी पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।

चार हजार कछुवा बरामद
पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ ।

विज्ञप्तिका अनुसार बरामद गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए । पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साईटिसमा सूचीबद्ध छन्।

अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ । इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रति वर्ष २० अर्ब डलरसम्मको हुन्छ । परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ ।

साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ ।

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा
भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।

नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि भएका थिए भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजी र फ्रान्कोइस ओलान्द मुख्य अतिथि हुनुभएको थियो । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गरेका थिए ।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन् ।

सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो । उक्त दिन भारतमा संविधान लागू भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो । देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ ।

श्रीलंकामा १० हजारभन्दा बढी अपराधी पक्राउ
श्रीलंकामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् । श्रीलंकाको प्रहरीले हालै शुरु गरेको विशेष कारबाहीका क्रममा लागूऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ।

लागूऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट शुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागूऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ ।

यसै बीच श्रीलंका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताएका छन् ।

अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यु
अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक वर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा वार्षिक ११ देखि ६३ जनाको काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्यु हुने गरेको उल्लेख गरेको छ ।

अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ । अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताएका छन् ।

उनका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ । स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उनको भनाइ छ ।

चार्ल्स विश्वविद्यालयमा एक युवकबाट अन्धाधुन्ध गोली प्रहार, १४ जना मारिए
युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् ।

समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा अध्ययनरत ती विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा भागदौड मच्चिएको थियो ।

ती विद्यार्थीले आफ्नो बुबाको गोली हानी हत्या गरेपछि प्राग विश्वविद्यालयमा गोली चलाएका थिए । चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको जनाइएको छ ।

चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उक्त घटना पछि बसेको विशेष मन्त्रिपरिषद बैठकले मारिएकाहरूको सम्झनामा डिसेम्बर २३ का दिन मध्य युरोपेली देशहरूमा शोकको घोषणा गरेको छ ।

प्राग गोली काण्ड दुःखद घटना : गुटरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।

महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहोर्‍याएका छन् ।

प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए । चेक सरकारले बिहीबार राति गोली काण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिनको शोकको घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ०१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले