दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री दाहाल, इनरुवा सबस्टेसनको उद्घाटन, राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन, खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा रोक नलगाउन सर्वोच्चको आदेश, राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस, जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्रलगायतका समाचारले प्रमुख स्थान पाए । 

पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका छन ।

आज मोरङको मिक्लाजुङमा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीलाई फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् ।

इनरुवा सबस्टेसनको उद्घाटन
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ ।

देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।

आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन चाँडै आउने बताएका छन् ।

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

तीन दिनसम्म बसेको पदाधिकारी बैठकपछि माओवादीले प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर पठाएको हो ।

ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन् ।

खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा रोक नलगाउन सर्वोच्चको आदेश
खुल्ला विश्वविद्यालयबाट कानूनमा तीनवर्षे स्नातक (एलएलबी) उत्तीर्ण गरेका विद्यार्थीले अधिवक्ताको लाइसेन्सका लागि बार काउन्सिलको परीक्षा दिन पाउने भएका छन् ।

काउन्सिलले २०७९ देखि नै खुल्ला विश्वविद्यालयबाट एलएलबी पास गरेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा रोक लगाउँदै आएको थियो ।

टीआरसी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्छ : कानुनमन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् ।

काठमाडौंका विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले नराख्न सचेत गराएको हो ।

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन् ।

नेपालले स्विट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै
नेपालले युरोपेली मुलुक स्विट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र
नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० एल्मुनाई एशोसिएसन अफ नेपाल ९जान०लाई सम्मानपत्र हस्तान्तरण गरेको छ ।

यहाँ आज आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गरेका छन् ।

पोखरासँग बराबरीमा रोकिएको धनगढी एनएसएलको प्लेअफमा
धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा छनोट भएको छ । पोखरा थन्डर्ससँग १(१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मिलन राईको गोलमा अग्रता दिएको धनगढीले अग्रता कायम राख्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ०३ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले