एमबिबिएस र इन्जिनियरिङ पढाउन नगरपालिकाद्वारा छात्रवृत्ति कार्यक्रम सञ्चालन « Khabarhub

एमबिबिएस र इन्जिनियरिङ पढाउन नगरपालिकाद्वारा छात्रवृत्ति कार्यक्रम सञ्चालन


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पाँच वर्षमा पाँचजनालाई  चिकित्सक (एमबिबिएस)  र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहनदार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो ।  

प्रत्येक वर्ष एक-एकजनाका दरले पाँच वर्षमा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस र इन्जिनियरिङ पढाउनका लागी कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । ‘पढाइ पूरा नहुन्जेलसम्मका लागि पूरै खर्च नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गर्छौं’, उनले भने, ‘छात्रवृत्ति पाएर एमबिबिएस र इन्जिनियरिङ उत्तीर्ण गरेका छात्रछात्रालाई नगरपालिकामै रोजगारी उपलब्ध गराउने योजनासहित कार्यक्रम अगाडि बढाइएको छ ।’

चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए। १० लाख एमबिबिएस पढ्नेलाई र पाँच लाख इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति प्रदान गरिनेछ । ‘पढाइमा अब्बल रहेका विद्यार्थी आर्थिक अभावका कारण एमबिबिएस तथा इन्जिनियरिङ पढ्नबाट वञ्चित नहुन भनेर चालू आवको नीति तथा कार्यक्रममै छात्रवृत्तिको कार्यक्रम ल्याउने घोषणा गरेका थियौँ’, नगरप्रमुख रणबहादुर महराले भने , ‘चालू आवदेखि नै एमबिबिएस र इन्जिनियरिङ पढ्न चाहनेलाई छात्रवृत्तिबापतकाे रकम उपलब्ध गराउँछौँ ।’

पढाइ पूरा नहुन्जेलसम्म छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको खर्च नगरपालिकाले ब्यहोर्ने उनले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा पढेका कक्षा १२ मा राम्रो अंक ल्याएका विद्यार्थीले आर्थिक अभावकै कारण रोजेको विषय पढ्न नपाएको गुनासो अभिभावकले पटक-पटक गरेको सुनेका छौँ, त्यसै समस्यालाई निराकरण गर्दै, आर्थिक अभावले पढाइ छाड्नु नपरोस् भनेर कार्यक्रम अघि सारेका हौँ’, उनले भने। 

नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा दुई वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ । पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराउने नगरप्रमुख महराले बताए। 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : ४८ बजे

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा