सर्वसाधारणका लागि सुपर मादीको आईपीओ खुला « Khabarhub

सर्वसाधारणका लागि सुपर मादीको आईपीओ खुला


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडँफाँड गरेको छ। कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत पनि गर्दछ । 

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। 

उक्त आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी-आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : ३९ बजे

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला