सर्वसाधारणका लागि सुपर मादीको आईपीओ खुला « Khabarhub

सर्वसाधारणका लागि सुपर मादीको आईपीओ खुला


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडँफाँड गरेको छ। कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्

यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत पनि गर्दछ । 

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। 

उक्त आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी-आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि