अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग | Khabarhub Khabarhub

अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना अफगान कूटनीतिज्ञले पाकिस्तानमा रहेका अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अफगान राजदूतावासका सहचारी सरदार अहमद शकिले पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् ।

शकिबलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार पाकिस्तानमा १ हजारभन्दा धेरै अफगान नागरिक पक्राउ परेका छन् । पछिल्लो समय अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीच सम्बन्ध बिग्रिँदै जाँदा पाकिस्तानमा बसोबास गर्दै आएका अफगान नागरिक पक्राउ हुने क्रम तीव्र गतिमा बढेको बताइएको छ ।

‘१०५० अफगान नागरिकहरु पाकिस्तानको जेलमा छन् र उनीहरुलाई रिहा गर्ने प्रक्रिया अघि बढेको छ । हामी पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न आह्वान गर्दछौँ ।’ शकिबलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

पाकिस्तानी जेलमा रहेका अफगान नागरिकका आफन्तले जेलको अवस्था अत्यन्त खराब रहेको बताउने गरेका छन् । पिस फर एसिया नामक संस्थाका अनुसार पाकिस्तानमा अवैधानिक रुपमा बसोबास गर्दै आएका धेरै अफगान नागरिकहरु पक्राउ पर्ने गरेका छन् ।

उनीहरुलाई निष्कासन गर्ने प्रक्रिया लामो र झन्झटिलो भएका कारण धेरै अफगान आप्रवासीको कानूनी प्रक्रिया अदालतमा विचाराधीन रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५५ बजे

समस्याग्रस्त सहकारी छानबिन विशेष समितिको बैठक जारी 

काठमाडौं– देशभरका समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग

काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि

तपाईँको कुर्सी कस्तो छ ? आसनको तरिका के छ ?

गायक पशुपति शर्माको एउटा गीत छ- कोही भए बोल… सजिलो

अमेरिकामा भारी वर्षा र पहिरोमा परी १३ जनाको मृत्यु

काठमाडौं– मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा

अपहरणमा परेकी पाकिस्तानी हिन्दु बालिका नभेटिएको भन्दै लण्डनमा प्रदर्शन

काठमाडौं– पाकिस्तानमा एक हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको लण्डनमा