अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग « Khabarhub

अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना अफगान कूटनीतिज्ञले पाकिस्तानमा रहेका अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अफगान राजदूतावासका सहचारी सरदार अहमद शकिले पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् ।

शकिबलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार पाकिस्तानमा १ हजारभन्दा धेरै अफगान नागरिक पक्राउ परेका छन् । पछिल्लो समय अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीच सम्बन्ध बिग्रिँदै जाँदा पाकिस्तानमा बसोबास गर्दै आएका अफगान नागरिक पक्राउ हुने क्रम तीव्र गतिमा बढेको बताइएको छ ।

‘१०५० अफगान नागरिकहरु पाकिस्तानको जेलमा छन् र उनीहरुलाई रिहा गर्ने प्रक्रिया अघि बढेको छ । हामी पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न आह्वान गर्दछौँ ।’ शकिबलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

पाकिस्तानी जेलमा रहेका अफगान नागरिकका आफन्तले जेलको अवस्था अत्यन्त खराब रहेको बताउने गरेका छन् । पिस फर एसिया नामक संस्थाका अनुसार पाकिस्तानमा अवैधानिक रुपमा बसोबास गर्दै आएका धेरै अफगान नागरिकहरु पक्राउ पर्ने गरेका छन् ।

उनीहरुलाई निष्कासन गर्ने प्रक्रिया लामो र झन्झटिलो भएका कारण धेरै अफगान आप्रवासीको कानूनी प्रक्रिया अदालतमा विचाराधीन रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना