अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग « Khabarhub

अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना अफगान कूटनीतिज्ञले पाकिस्तानमा रहेका अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अफगान राजदूतावासका सहचारी सरदार अहमद शकिले पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् ।

शकिबलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार पाकिस्तानमा १ हजारभन्दा धेरै अफगान नागरिक पक्राउ परेका छन् । पछिल्लो समय अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीच सम्बन्ध बिग्रिँदै जाँदा पाकिस्तानमा बसोबास गर्दै आएका अफगान नागरिक पक्राउ हुने क्रम तीव्र गतिमा बढेको बताइएको छ ।

‘१०५० अफगान नागरिकहरु पाकिस्तानको जेलमा छन् र उनीहरुलाई रिहा गर्ने प्रक्रिया अघि बढेको छ । हामी पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न आह्वान गर्दछौँ ।’ शकिबलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

पाकिस्तानी जेलमा रहेका अफगान नागरिकका आफन्तले जेलको अवस्था अत्यन्त खराब रहेको बताउने गरेका छन् । पिस फर एसिया नामक संस्थाका अनुसार पाकिस्तानमा अवैधानिक रुपमा बसोबास गर्दै आएका धेरै अफगान नागरिकहरु पक्राउ पर्ने गरेका छन् ।

उनीहरुलाई निष्कासन गर्ने प्रक्रिया लामो र झन्झटिलो भएका कारण धेरै अफगान आप्रवासीको कानूनी प्रक्रिया अदालतमा विचाराधीन रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५५ बजे

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको