सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु | Khabarhub Khabarhub

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाको अलेप्पो सहरमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको ज्यान गएको छ । अलेप्पोमा अमेरिकी समर्थनप्राप्त कुर्दबहुल लडाकु समूह सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफको नियन्त्रणमा रहेको शेख मकसुद क्षेत्रमा अवस्थित पाँचतले आवासीय भवन भत्केको हो ।

उक्त भवनमा ३० जनाको बसोबास रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यसअघि उक्त भवनको जगमा पानी चुहिने समस्या देखा परेको थियो । सिरियाको सरकार सञ्चालित समाचार संस्था सानाले सो भवनको भग्नावशेषमा अझै केही मानिसहरु पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण अलेप्पोको उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी हालसम्म करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । युद्धका कारण विस्थापित अधिकांश सिरियालीहरु यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ५ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका