सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु « Khabarhub

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाको अलेप्पो सहरमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको ज्यान गएको छ । अलेप्पोमा अमेरिकी समर्थनप्राप्त कुर्दबहुल लडाकु समूह सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफको नियन्त्रणमा रहेको शेख मकसुद क्षेत्रमा अवस्थित पाँचतले आवासीय भवन भत्केको हो ।

उक्त भवनमा ३० जनाको बसोबास रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यसअघि उक्त भवनको जगमा पानी चुहिने समस्या देखा परेको थियो । सिरियाको सरकार सञ्चालित समाचार संस्था सानाले सो भवनको भग्नावशेषमा अझै केही मानिसहरु पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण अलेप्पोको उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी हालसम्म करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । युद्धका कारण विस्थापित अधिकांश सिरियालीहरु यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ५ : १५ बजे

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने