‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’ « Khabarhub

‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गरेका छन् ।

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गरेका हुन् । यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गरे । ।

भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए । उनले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राखे।

उनले कुनै पक्षपात विना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३६ बजे

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात