पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन « Khabarhub

पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा उनले पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभएको अर्थमन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकमा छुट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

पूँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिए। असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशीघ्र असुल उपर गर्न निर्देशन दिँदै उनले आगामी बजेट निमाण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पूरा भएका, राष्ट्रियस्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनालाई प्राथमकता दिन आग्रह गरे ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ५९ बजे

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल