देशको अवस्थादेखि ५९ प्रतिशत मानिस निराश, स्थानीय सरकारप्रति सकारात्मक « Khabarhub

नेपाली जनमत सर्वेक्षण सार्वजनिक

देशको अवस्थादेखि ५९ प्रतिशत मानिस निराश, स्थानीय सरकारप्रति सकारात्मक


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ विश्वविद्यालयले नेपाली जनताको पछिल्लो अवस्थाका बारेमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । सोमबार होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौँ विश्वविद्यालयले जनमत सर्वेक्षण सार्वजनिक गरेको हो ।

सन् २०१७ देखि सुरु भएको नेपाली जनमत सर्वेक्षण यसवर्ष गरेर चौथोपटक सार्वजनिक गरिएको हो । सर्वेक्षण काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्सको नेतृत्वमा इन्टरडिसिप्लिनरी एनालिस्ट्स आईडीए र स्थानीय सरकार सबलीकरण कार्यक्रमले संयुक्त रुपमा गरेका थिए ।

नेपालका ७ प्रदेशका ५८८ वडाहरुमा १८ वर्षभन्दा माथिका ७ हजार ६० जना प्रतिनिधि सर्वेक्षणमा सहभागी रहेको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । यसपटकको सर्वेक्षणमा विकास र सहकार्यका लागि स्वीस संस्था एडीसीले पनि सहकार्य गरेको थियो ।

सर्वेक्षणमा गरिएको अध्ययअनुसार मुख्य ५ वटा परिच्छेदमा १२ वटा बुँदामा निष्कर्ष निकालिएको छ । जसको पहिलो बुँदामा नेपालका ४१ दशमलव ७ प्रतिशत मानिसहरु मात्रै देशको वर्तमान अवस्थाप्रति आशावादी छन् । बाँकी ५९ प्रतिशत मानिससहरु देशको अवस्थादेखि निराश छन् ।

यसरी आशावादी हुने मानिसहरु स्थानीय सरकार तथा क्षेत्रबाट ७० प्रतिशत मानिसहरु सकारात्मक छन् । यसरी सकारात्मक हुनुमा बाटोघाटो, शिक्षा र विद्यूत आपूर्ति मुख्य कारण छन् । यसबाहेक अरु धेरै अध्ययन तथा सर्वेक्षण ‘नेपाल जनमत सर्वेक्षण, २०२२’ प्रतिवेदनमा छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापक, विषयविज्ञ, शिक्षाविद्, राजनीतिशास्त्री, नेपालका लागि विदेशी राजदूत, डोनर एजेन्सीदेखि, सांसददेखि सरोकारवालाहरुको सहभागिता थियो ।

सोमबार सार्वजनिक गरिएको नेपाली जनमत सर्वेक्षण २०२२ को विस्तृत प्रतिवेदन काठमाडौँ विश्वविद्यालयको वेबसाइटमा राखिएको कार्यक्रम सञ्चालक तथा काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा.उद्धव प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : १३ बजे

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड

काँक्रेविहार– मङ्सिर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका

शानदार कमब्याक गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित