‘स्तनको ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैन’ | Khabarhub Khabarhub

‘स्तनको ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैन’

रोग लाग्न नदिँन स्वास्थ्यका लागि समय छुट्याउनुपर्छ



महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर हो भने दोस्रो स्तन क्यान्सर। स्तन क्यान्सर कुनै पनि उमेर समूहका महिलालाई हुनसक्छ। नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति सिर्जना हुनुको प्रमुख कारण हो। त्यसैले स्तनको क्यान्सरबाट बच्न के के गर्न सकिन्छ। यसको उपचार विधि के छ ? लाग्नै नदिने उपाय छन् कि ? यी र यस्तै विषयमा आधारित भएर खबरहबका लागि क्यान्सर रोग विशेषज्ञ डा. ज्योती रायमाझीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

महिलामा हुने स्तन क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
साधारणतया भन्नुपर्दा स्तन क्यान्सर महिलामा सबै भन्दा धेरै देखा पर्ने क्यान्सर मध्ये दोस्रो क्यान्सर मानिन्छ। यसैको कारणले धेरैको मृत्यु भएको पनि छ। अहिले त पहिलो क्यान्सर पनि मान्न सकिन्छ। डब्ल्युएचओको २०१८ को तथ्याङ्क हेर्दा दिनमा तीन जना महिलाको स्तन क्यान्सरको कारण मृत्यु हुन्छ। दिनमा पाँचदेखि ६ जनालाई क्यान्सर भएको देखाउँछ। त्यस कारण यो एकदमै सामान्य क्यान्सर हो।

स्तन क्यान्सर हुने कारण के हो ?
यसमा दुई जोखिम कारक हुन्छन्। एउटा हाम्रो नियन्त्रणमा हुन्छ र अर्को हाम्रो नियन्त्रणमा हुँदैन। हाम्रो नियन्त्रणमा नहुने कारणमा यौन सम्पर्क, पारिवारिक सदस्यमा भएको उतारचढाव, महिनावारी समय भन्दा छिटो हुने र समय भन्दा धेरै छिटो सुक्छ, जो महिलाको बच्चा हुँदैन, यस्तो महिलामा बढी हुनसक्छ। हाम्रो नियन्त्रणमा भएको मोटोपना, आधुनिक जीवनशैली, धूम्रपान, बाहिरी खाना, व्यायामको कमी हुने महिलामा क्यान्सरको सम्भावना बढी हुन्छ। यसलाई हामीले चाहेमा नियन्त्रण गर्न सकिन्छ। करियर भनेर ढिलो विवाह र ढिलो बच्चा जन्माउने महिलाले ३५ वर्षदेखि ४५ भन्दा पछि पहिलो बच्चा जन्माएको छ भने स्तन क्यान्सर हुनसक्छ। बच्चालाई पर्याप्त स्तनपान गराउन सक्दैन, या चाहँदैन भने पनि स्तन क्यान्सर हुनसक्छ। जथाभावी औषधि खाने, पिल्सहरु जथाभावी प्रयोग गर्दा पनि स्तन क्यान्सर हुन्छ।

आफूलाई स्तन क्यान्सर भएको छ भनेर कसरी थाहा पाउने ?
सुरुमा स्तन क्यान्सरको कुनै लक्षण हुँदैन। जसलाई पनि हुनसक्छ। तर अलिकति बढ्दै जाँदा, स्तनमा गाँठो हुनसक्छ, साइज ठूलो सानो हुनसक्छ, मुन्टा भित्र जाने, मुन्टाबाट रगत आउँछ, सुन्तलाको बोक्रो जस्तो रङ स्तनमा आयो भने त्यो स्तन क्यान्सरको संकेत हो। सामान्य छालामा कुनै ठाउँको मासु भित्र पस्ने र काखीमा गिर्खा आउने भएमा त्यसलाई स्तन क्यान्सरको लक्षण मानिन्छ। कसैको स्तन रातो हुँदै गयो भने यो छालाको समस्या भन्नु हुन्छ त्यस्तो हुँदा एक पटक आफ्नो स्तनको जाँच गराउनु पर्दछ। लक्षण छैन भने स्तन क्यान्सरको बारेमा हामीले आफ्नो स्तन सामान्य छ कि छैन भनेर आफू महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तनको जाँच गर्न सक्छौँ। दायाँ स्तन छ भने बायाँ हातले जाँच गर्ने। बायाँ स्तन छ भने दायाँ हातले जाँच गर्न सकिन्छ। १९ वर्ष भन्दा माथिको महिलाले सामान्य एउटा हातलाई टाउको पछाडि राख्ने र फिल गर्दै थिच्दै जानु पर्दछ, बायाँ हातले दायाँ हातको काखीको पनि जाँच गर्न सकिन्छ। त्यसो गर्दा गिर्खा भएको नभएको थाहा हुन्छ। धेरै महिलालाई महिनावारी हुने बेला स्तन दुख्न थाल्छ। महिनावारी भएपछि दुखाई कम हुन्छ। सजिलै जाँच गर्न सकिन्छ। हरेक घरका सदस्य डाक्टर झै सल्लाह दिने हुन्छन्। कतिपय रेडियोलोजिस्टले समस्या देखिएपछि सुई लगाइदिन्छ। स्त्री रोग विशेषज्ञले पनि यो केही होइन भन्नुहुन्छ, कति जनाको प्याथोलोजिष्ट (रोग विशेषज्ञहरू)ले सुई हालेर जाँच गर्नु हुन्छ र यो केही हैन भनेर पठाउनु हुन्छ। त्यही पछि क्यान्सर भएको पुष्टि भएका थुप्रै उदाहरण छन्। तर त्यस्तो गर्नु हुँदैन, सामान्य कुनै गिर्खा देखियो भने तीन किसिमको जाँच हुन्छ। त्यसमा क्लिनिकल जाँच हुन्छ त्यो स्तन विशेषज्ञ डाक्टरले गर्नु हुन्छ। त्यो ३३ प्रतिशत मात्र सही हुन्छ। पुरा सही हुँदैन। त्यसपछि रेडियोलोजीकल जाँच गर्नु पर्दछ। ४० वर्ष भन्दा मुनिको मान्छेमा हामी रेडियोलोजीमा अल्ट्रासाउन्ड गराउँछौँ। त्यसले राम्रो जाँच दिन्छ। यदि ४० वर्ष भन्दा माथि छ भने हामी म्यामोग्राम गराउँछौँ। त्यसपछि मात्र हामीले त्यो गिर्खाको विशेष जाँच गर्छौ। त्यो टिस्यु डाइग्नोसिस् भन्छौँ अनि मात्र ९९.९ प्रतिशत सही हुन्छ। दुर्गम ठाउँमा यो सबै सुविधा नहुने भएको कारणले हामीले धेरै स्तन क्यान्सरको समयमै जाँच गर्न सकेका छैनौं।

स्तन क्यान्सर पुरुषमा पनि हुने हो ?
पुरुषमा हामीले सामान्यतया भन्नुपर्दा स्तन क्यान्सर १ प्रतिशत हुन्छ भन्छौँ। तर अहिले मिसावटको कारणले, बाहिरी खानले, पुरुषहरूले पनि जिम गर्ने, धेरै खाने कुरा खाँदा क्यान्सर हुने सम्भावना बढेको छ। खानपिन मुख्य कारण हो।

यो सामान्य हो भनेर घरमा बस्दा पछाडिको जोखिम के हुनसक्छ ?
यो धेरै नै भएको छ। जस्तो कोभिडको समयमा गिर्खा भेटिएको छ, अस्पताल जान गार्हाे भयो। अहिले त्यो गिर्खा बढ्यो र क्यान्सर भयो। यदि सुरुवाती समयमा क्यान्सर पत्ता लगायौँ भने स्तन फाल्नु पर्दैन। सानो गाँठो भएको भाग फाल्दा हुन्छ। पुरै फाल्न नपर्ने हुँदा अस्पताल धेरै बस्नु पर्दैन। यसरी उपचार गर्दा खर्च कम हुन्छ। किमो चढाउनु परेन छोटो समयको उपचारपछि सामान्य जीवन बिताउन सकिन्छ। मान्छेहरू कुनै रोग लाग्यो भने मलाई पनि भएको थियो केही हुँदैन भन्ने छ। त्यो गर्नु हुँदैन सम्बन्धित डाक्टरलाई भेट्नु पर्दछ त्यसले गर्दा समयमा उपचार हुन्छ।

अन्तिम अवस्थामा अस्पताल आउनु भयो भने के गर्ने ?
अन्तिम अवस्था भनेको ठूलो गिर्खा भएर दुर्गन्धन पनि हुनसक्छ। दुर्गन्ध आउने हुँदा हामीले ट्वाइलेट मार्स सेप्टी गर्छौँ। यसको सर्जरी गरिन्छ, किमो थेरापी, रेडियो थेरापी, हर्मोनल थेरापी, इम्युनोथेरापी विधिले हामीले यसको केयर गर्न सक्छौँ।

स्तन क्यान्सर उपचार गर्दा गर्दै अरू ठाउँमा पनि सर्छ ?
क्यान्सर कुन स्टेजमा छ। क्यान्सर भनेको सामान्य स्तन क्यान्सरमा हामीले हार्मोनल रिच फ्याक्टरको जाँच पनि गर्छौँ। जस्तो: एआर, पिआर, हर्टटु भन्छौँ। त्यो जाँच गर्दा नेगेटिभ छ भने त्यो क्यान्सर सानो हुनसक्छ। यो हेर्दा सानो भए पनि अरू ठाउँमा सर्न सक्छ।

यस्तो समस्या नदेखियोस् भनेर हामीले पहिला नै के के कुरामा ध्यान दिने त ?
परिवारमा क्यान्सर नहुन सक्छ। तर अरूमा पनि हुनसक्छ, युवा हुँदैमा क्यान्सर हुँदैन भन्ने हुँदैन। तर हुन सक्छ, पुरुषमा क्यान्सर हुँदैन भन्छौँ हुन सक्छ त्यसैले चाँच गर्नु पर्दछ।
धूम्रपान गर्नु हुँदैन। जीवनमा पैसा मात्र ठूलो कुरा होइन। घरको खाना खाने, बाहिरको नखाने, योगा गर्ने, चिन्ता कम गर्ने, ब्यायाम गर्ने, महिलाले आफ्नो स्वास्थ्य प्रति ध्यान दिनु आवश्यक छ।

एउटा क्यान्सर रोग विशेषज्ञ भएको नाताले दिनैपर्ने सुझाव के हो ?
स्वास्थ्यलाई हेलचेक्राई गर्नु हुँदैन। आफू स्वस्थ रहे मात्र परिवार स्वस्थ रहन्छ त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गरौं। पिल्सहरु खानु हुँदैन। क्यान्सर हुने बित्तिकै मर्ने होइन, क्यान्सर फाले पनि त्यसलाई नयाँ गर्न सक्छौँ। फाल्नुपर्छ भनेर डराएर बस्नु हुँदैन। अलिकति पैसा स्वास्थ्यको लागि खर्च गर्नुपर्छ। नेपाल सरकारले पनि हरेक अस्पतालमा १ लाखसम्मको प्रावधान दिएको छ। कुनै पनि गिर्खा क्यान्सर हुँदैन, कुनै युवा मान्छे छ भने ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैन। त्यसैले समयमा नै जाँच गर्नु होला भन्न चाहन्छु।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ७ : ०८ बजे

आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन

‘जनयुद्ध’को वैधानिकतामा सवाल – दोष अदालतको कि प्रचण्डको ?

काठमाडौं – ‘जनयुद्ध’ शब्दलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा तिक्ततापूर्ण

सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना

यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी