युक्रेन युद्ध र तेस्रो विश्वका विद्यार्थीको दुःख | Khabarhub Khabarhub

युक्रेन युद्ध र तेस्रो विश्वका विद्यार्थीको दुःख


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इजेरियाको मुख्य सहर लागोसको ठिक बाहिर उभिरहेका ओजाआमे अजीज ओलवाले भिसा प्रक्रियाका लागि पर्खिरहेका छन्। २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे लगत्तै उनी युक्रेनबाट नाइजेरिया फर्किएका थिए। तर, उनका लागि पढाइको अन्य कुनै राम्रो विकल्प नै फेला परेको छैन। पढाइका अन्य बाटो बन्द भएपछि उनी फेरि युक्रेन फर्किएका हुन्।

‘म फेरि युक्रेन जान चाहन्छु। किनकी मलाई मेरो अन्तिम वर्षको पढाइ सक्नु छ’, २८ वर्षका उनले नाइजेरियामा रहेर त्यो पुरा नहुने बताएका छन्। सन् २०२० मा युक्रेनमा ८० हजार विदेशी विद्यार्थी भर्ना भएका थिए। यी मध्यका एक चौथाई अफ्रिकाबाट आएका हुन्।

धेरै जनाका लागि फेरि युक्रेन फर्कने निर्णय कठिन हुनु स्वाभाविक थियो बमबारीका बीचबाट ज्यान जोगाउनका लागि त्यहाँबाट हिँडेकालाई फेरि फर्कने निर्णय गर्न सजिलो हुने कुरा पनि त भएन। सन् २०२२ को जुलाईमा नाइजेरिया मेडिकल तथा डेन्ल काउन्सिलले युक्रेनी विश्व विद्यालयले अनलाइन परीक्षामार्फत दिएको प्रमाणपत्रलाई स्वीकार नगर्ने घोषणा गरेको थियो। दुई महिनापछि घाना मेडिकल कलेजले पनि यो नीतिलाई पछ्याएको थियो। ओलावालेले अन्य कुरा जे सुकै भए पनि आफ्नो प्रमाणपत्र प्राप्त गर्ने कुरा चाँडो सकाउन चाहन्थे।

 

धेरै जनाका लागि फेरि युक्रेन फर्कने निर्णय कठिन हुनु स्वाभाविक थियो बमवारिका बीचबाट ज्यान जोगाउनका लागि त्यहाँबाट हिँडेकालाई फेरि फर्कने निर्णय गर्न सजिलो हुने कुरा पनि त भएन।

ओलावाले नेसनल इन्स्टिच्युट अफ उगुहार्डका विद्यार्थी हुन्। पश्चिममा स्लोभाकियाको सीमा नजिक रहेको सो विश्वविद्यालय युद्धको समयमा कम क्षति भएको स्थानमा पर्छ। म रहेको सहर अत्यन्त कम क्षति भएको स्थान मध्येमा पर्छ। अरू स्थानका मानिस त्यत्ति भाग्यमानी ठहरिएका छैनन्।

युद्ध अगाडिसम्म युक्रेन शिक्षाका लागि युरोपको एउटा हब मानिन्थ्यो। सिधै भिसा प्रक्रिया अगाडि बढाउन सकिने, कम शुल्क तथा उच्च कोटीको शिक्षाका लागि संसारका धेरै जनाका लागि युक्रेन आकर्षणको क्षेत्र बनेको थियो। धेरै वर्ष उच्च शिक्षाको प्रमाणपत्रका लागि भौँतारिएर त्यसै फर्कनु उनीहरूका लागि सामान्य थिएन।

गत वर्ष देश फर्कने क्रममा रङ्गभेदको सिकार भएकी मेडिकल विद्यार्थी जेसिका ओराप्कोकोका बारे धेरै चर्चा भएको थियो । उनी पनि अहिले युक्रेन फर्कने क्रममा छन्। सुरुमा युक्रेनबाट हंगेरी पुगेकी उनी अहिले नेदरल्यान्डमा परिवारसँग छन्।

उनले अहिलेसम्म काम पाएकी छैनन्। तर, उनको अस्थायी भिसाको म्याद सकिएको छ। सन् २०२२ मा उनको औपचारिक अध्ययन सकिएको छ। यसका बाबजुद उनी अहिले कामको खोजीमा छन्। उनले आफ्ना लागि नेदरल्यान्डमै रहनु या युक्रेन फर्कनुको विकल्प नभएको प्रतिक्रिया दिएकी छन्। धेरैले उनलाई फेरि नाइजेरिया जाने सल्लाह दिएका छन्।

युद्ध अगाडीसम्म युक्रेन शिक्षाका लागि युरोपको एउटा हब मानिन्थ्यो। सिधै भिसा प्रक्रिया अगाडि बढाउन सकिने, कम शुल्क तथा उच्च कोटीको शिक्षाका लागि संसारका धेरै जनाका लागि युक्रेन आकर्षणको क्षेत्र बनेको थियो।

तर, उनीहरूले सल्लाह दिएको जस्तो सजिलो भने छैन। नाइजेरियाको बिग्रदो अर्थतन्त्र र त्यहाँको खराब स्वास्थ्य संयन्त्रका कारण पनि त्यो सम्भव छैन। उनले जिन्दगीका केही लक्ष्य भएको तथा मेडिकल साइन्सको प्राक्टिस अनिवार्य भएको बताएकी छन्। यो नै उनका लागि ठूलो चुनौतीको विषय भएको छ।

युरोपमा पनि स्थायी ठेगाना भएको तथा बैङ्क खाता पनि भएको कारणले सन् २०१६ पछि युरोपमा रहेकी उनको भिसाको सम्भावना बढी भएको हो। अन्य धेरै नाइजेरियाली जस्तै रुसी सीमा छेवैको फियन्टोलो मोसेस डोमियलाका लागि पनि अनलाइन डिग्री अस्वीकार गरिने भएपछि समस्या थपिएको छ। उनको पढाइ पनि अहिले अस्थिर भएको छ। यी सबैको कारण भनेको युद्ध नै हो त्यो युद्ध नै एउटा यस्तो विषय बनेर आएको छ। जसले उनीहरूको जीवन क्षतविक्षत बनायो।

उनी अहिले तत्कालका लागि युक्रेन जानुको विकल्प स्वीकार्ने पक्षमा छैनन्। यातना भोगेको त्यो सधैँको बमबारीको याद अझै उनलाई ताजै छ। डामियोलाका जस्तै धेरै भारतीय विद्यार्थी पनि अहिले फर्कने पक्षमा छैनन्। डामियोलाको गत वर्षको परीक्षा युद्धकै कारण स्थगित भएको थियो। यो वर्ष १४ मार्चका दिन परीक्षा हुनेछ। उनलाई पनि के थाहा छ भने त्यहाँ जानु भनेको सबै जोखिमलाई स्वीकार गर्नु हो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार निकायले पनि ८० लाख जना यस एक वर्षको समयमा युक्रेनबाट युरोपको विभिन्न देशमा पुगेको जनाएको छ।

युक्रेन फर्कन नचाहनेका लागि संसारभर एक सय ४० कम्प्युटर परीक्षा प्रणाली तय गरिएको छैन। उनले आफ्नो सबै भविष्य अन्धकारमय भएको बताएको छ। उनका लागि पनि अब धेरै विकल्प खुला छैनन्। अन्य देशमा भएको परीक्षा केन्द्रमा जानु पनि उनलाई त्यत्ति सहज लागेको छैन। यस कारण पनि उनी अहिले अलमल अर्थात् समस्यामा परेका हुन्।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार निकायले पनि ८० लाख जना यस एक वर्षको समयमा युक्रेनबाट युरोपको विभिन्न देशमा पुगेको जनाएको छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)ले जनाए अनुसार त्यसरी युक्रेन छाड्नेमा ६ लाख २५ हजार जना गैर युरोपेली छन्। आफ्नो उच्च शिक्षा पूरा गर्न धेरै जना युक्रेन भन्दा बाहिर नै भौँतारी रहेका छन्। धेरै जना गन्जागोल कर्मचारी तन्त्रको सिकार पनि भएका छन्।

युरोपेली युनियनले तेस्रो विश्वका मानिसको आगमन उनीहरूका लागि सहज नभएको जनाएको छ। युद्धको समयमा युक्रेन छाड्ने मध्ये ४० लाखलाई टिपीडी भिसा प्रदान गरिएको छ।

यसै समस्यामा धेरै जना परेका छन्। त्यसो त अन्य युरोपेली देशले युक्रेनकै बासिन्दाका लागि भिसा लिन या दिनका लागि त्यत्ति अप्ठेरो अवस्थाको सिर्जना गरेका छैनन्। तर, अन्य देशका लागि उनीहरू सहज देखिएका छैनन्। इतिहासमै पहिलो पटक युक्रेनीलाई लक्षित गर्दै युरोपियन युनियनले टेम्पोररी प्रोटेक्सन डाइरेक्टीभ ल्याएको छ। यो कानुनले युक्रेनीलाई बसोबास, पढाइ र काम गर्न सहज अवसर दिएको छ।

युरोपेली युनियनले तेस्रो विश्वका मानिसको आगमन उनीहरूका लागि सहज नभएको जनाएको छ। युद्धको समयमा युक्रेन छाड्ने मध्ये ४० लाखलाई टिपीडी भिसा प्रदान गरिएको छ। सो भिसा पाउने मध्य दुई लाख गैर युरोपेली हुन्। धेरै जनाले स्थलगत तथ्य भने फरक रहेको बताएका छन्। यसै सुविधा लिएका घानाका मेडिकल विद्यार्थी आन्द्रैयु आधह जर्मनीमा डिग्री सक्नका लागि काम गरी रहेको बताउँछन्।

युद्धका अन्य यावत दुःखद पाटा छन्। तर, आप्रवासी विद्यार्थीले अबको केही समय यसै किसिमको दुःख पाउने निश्चित छ।

स्रोत : बीबीसी

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ११ : ३४ बजे

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी

ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

मास्को– युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन

भिरकून गाउँको रोपाइ (तस्बिरहरू)

काठमाडौं– असारको महिना कहिँ रोपाइ सकिसकेको छ, भने कहिँ बाँकी