नेकपा एस निकट अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन « Khabarhub

नेकपा एस निकट अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ ।

फागुन ७ र ८ गते काठमाडौंमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियु निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेको अनेरास्ववियुका अध्यक्ष पराजुलीले जानकारी दिए ।

पराजुलीले स्ववियु निर्वाचन निष्पक्ष, भयरहित, धाँधलीरहित र मर्यादित बनाउनका लागि अनुरोध गरिएको बताए । बैठकले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने सरकारको निर्णय खारेज गर्न माग गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले त्रिभुवन विश्वविद्यालय भित्रको निजिकरण तत्काल अन्त्य गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ६ : १८ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण