राष्ट्रपति पद मेरो प्राथमिकतामा छैन : माधवकुमार नेपाल | Khabarhub Khabarhub

राष्ट्रपति पद मेरो प्राथमिकतामा छैन : माधवकुमार नेपाल


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए ।

शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उनले पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चार माध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै उनले कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पारे ।

अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रित रहेको बताए । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उनले छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ६ : ५१ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ