जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित | Khabarhub Khabarhub

जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे ।

पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे। “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने “यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे । उनले भने, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।

आजदेखि साहित्य महोत्सव सुरु

जनकपुरधाममा आजदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने छ ।विसं २०७६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए ।

साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाको सहभागिता रहने छ । फागुन १३ गते भारतकी चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : १७ बजे

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ