राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ « Khabarhub

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् ।

रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताएका हुन् ।

उनले भने, “प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ ।”

सर्वमान्य, संविधानको रक्षक र गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वाधीनताको रक्षक बन्न सक्ने, सबै दलको साझा व्यक्तित्वलाई राष्ट्रपतिमा चयन गर्नुपर्नेमा गुरुङले जोड दिए ।

महासचिव गुरुङले देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने औँल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लङ्घन गर्ने काम भएको महासचिव गुरुङको भनाइ थियो ।

पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लङ्घन गर्दै बाहिर ल्याएको वक्तव्यतर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेको एक समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै दिएको अभिव्यक्तितर्फ समयमै ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : ३३ बजे

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुने

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते

बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने

काठमाडौं– बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिने

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते 

काठमाडौं– विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

एजेन्सी– भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ