गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ « Khabarhub

गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानूनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानूनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराए । उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुयाउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुईमत नरहेको बताए ।

कार्यक्रममा गाँजाका सम्बन्धनमा पर्याप्त अनुसन्धान नभएको, औषधि प्रयोजनका लागि राज्यले प्राथमिकता दिनुपर्ने, नीति प्रतिष्ठानले यस विषयलाई मूल विषय बनाउनुपर्ने, आर्थिक लाभको बलियो आधार, नियमन र व्यवस्थापन गर्ने गरी कानून निमार्ण गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ५० बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित