दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल निर्वाचित « Khabarhub

दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल निर्वाचित


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्। उनी नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौँका साझा उम्मेदवार रहेका थिए ।

कुल ८ सय ७४ मत खसेकोमा महराले ३७४ मत पाएका थिए। स्वतन्त्र र अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बिक र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भए।

त्यस्तै सदस्यमा महरा प्यानलकै भागरथी विष्ट, लालबहादुर खत्री, सुनिल बोहरा, जीतबहादुर महरा, दीपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का निर्वाचित भए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : २९ बजे

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर