गुट्खा प्रतिबन्ध : बिक्री गरे ५० हजारसम्म जरिवाना « Khabarhub

गुट्खा प्रतिबन्ध : बिक्री गरे ५० हजारसम्म जरिवाना


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.4k
Shares
  • change font
  • change font
  • change font

बुटवल- तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार  सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुट्खा विक्री गर्नेलाई जरिवाना तोकिएको छ ।

उनका अनुसार नगरपालिकाभित्र गुट्खा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई १० हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ ।

यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरूप १ हजार पाँच सय, दोस्रो पटकमा तीन हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ५७ बजे

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै