‘लगानीकर्ताका समस्या सम्बोधन गर्न हामी तयार छौँ’ « Khabarhub

‘लगानीकर्ताका समस्या सम्बोधन गर्न हामी तयार छौँ’

बनिरहेका आयोजनाको सहजीकरण हुन्छ



हामीले समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि सबैभन्दा पहिला हाम्रा आधारहरू के के हुन पहिचान हुनु जरुरी छ। त्यसमा पनि ऊर्जा महत्त्वपूर्ण हो। जलविद्युत क्षेत्र महत्त्वपूर्ण हो भनेर हामी सबैलाई लागेको छ। यसको विकासका आधार के के हुन् भन्ने कुरामा बहस र छलफल आवश्यक देखिन्छ। यो विषयको बारेमा कुरा गर्न धेरै समय लगाएर विस्तृत रूपमा अगाडि बढ्नु आवश्यक छ। उत्पादन, प्रसारण, वितरण र बजारीकरणको क्षेत्र सबै कुराहरू छन्। ती सबैको बारेमा हामी छलफल गरेर अगाडि बढ्ने छौँ।

सुदूरपश्चिमबासीले आफ्नो खुट्टामा आफै उभिन सक्ने ऊर्जाको आधार हामीले तयार गर्न सकेनौं। त्यो गर्नको लागि सुदूरपश्चिम सरकारले के गर्नुपर्छ भन्ने कुरा हामीलाई महसुस भएको छ। हामी केन्द्रीय सरकार, केन्द्रीय नेतृत्वसँग बुझ्छौँ। एक किसिमको छलफल बहस र अधिकार प्राप्तिका कुरामा हामी निरन्तर अगाडि बढ्ने छौँ।

हामीसँग भएको कानुनी अधिकार र हामीले गर्न सक्नुपर्ने कानुनी दायराका सन्दर्भमा हामीले के गर्न सक्छौँ र हामीसँग भएका स्रोतलाई उपयोग गर्नका लागि हामीले के गर्न सक्छौँ भन्ने सन्दर्भको पनि हाम्रो ध्यानाकर्षण हुनेछ। अल्पकालीन र दीर्घकालीन प्रसारण लाइनका कुराहरू आए। अहिले १६५ मेगावाट उत्पादन भइसकेको १३५ मेगावाट पाँच वर्ष भित्र उत्पादन हुने कुराहरू पनि छन्।

ट्रान्समिसन लाइन नभएका कारणले त्यो भोलि समस्या हुनसक्छ भन्ने कुरामा ध्यानाकर्षण हुनेछ। हामीसँग भएको तत्काल उत्पादन गर्न लागेको विद्युतलाई मात्र हामीले ध्यान नदिएर २० औं वर्ष ५० औं वर्ष, सयौँ वर्षसम्म पनि त्यसलाई धान्न सक्ने ट्रान्समिसन लाइनको विकास हामीले कसरी गर्न सक्छौँ। त्यसमा पनि हामीले सोच्नु जरुरी छ। हामीलाई सबैको निरन्तर सल्लाह र सुझाव चाहिएको छ। केही क्षेत्रको पहिचान गरेर अहिलेसम्म अप्रेसनमा आइसकेका र जो अहिले पनि बन्ने क्रममा छन्। ती आयोजनालाई पनि के सहजीकरण गर्नुपर्छ।

यो क्षेत्रमा नयाँ लगानी कसरी आउन सक्छन्। पूर्वाधारको सन्दर्भमा बाटोको कुरामा सबै ठाउँमा कसरी पु¥याउन सकिन्छ। सहज तरिकाले आवतजावत कसरी गर्न सकिन्छ। हामीले उत्पादन गर्न खोजेको विद्युत कसरी समयमा प्राप्त गर्न सक्छौँ भन्ने कुरामा सचेत छौँ।

अहिले बनिरहेका प्रोजेक्टलाई सहजीकरण गर्ने क्रममा हामी छौँ। अब आउने आयोजनाको सन्दर्भमा पनि छलफल गर्न तयार छौँ। सरकारले के सुविधा दिनुपर्ने हो। त्यसमा जान हामी तयार छौँ।

राजनीति रूपमा एउटा नेतृत्वको हिसाबले हामी एउटा ठाउँमा छौँ। सबैको साथ र समर्थन बिना हामी अगाडि बढ्न सक्दैनौँ। तपाईं हामी मिलेर जाने सन्दर्भमा राज्यको तर्फबाट विशेष गरी लगानीकर्तालाई आग्रह तथा अनुरोध गर्न चाहन्छौँ। राज्यको तर्फबाट अधिकतम लचिलो भएर लगानी कर्ताको समस्यालाई अधिकतम सम्बोधन गर्ने हिसाबले सुदूरपश्चिम प्रदेश अगाडि बढ्न तयार छ।

सुदूर पश्चिमका हरेक सांसद अगाडि बढ्न तयार हुनुहुन्छ। त्यस कारण त्यो वातावरण निर्माण गर्नुपर्छ। त्यसका लागि सरकार तयार छ। हिजोसम्म एउटा परिस्थिति थियो। आज एउटा जिम्मेवारी तहमा पुगेका छौँ। महाकाली नदीका सन्दर्भमा, कर्णाली कोरिडोरका कुरा, पश्चिम सेती कोरिडोरका कुरा धेरै कुरा बुझ्ने अवसर पाइयो। यो सबै कुरामा सरकार लागि पर्ने छ। (खबरहबले आयोजना गरेको ऊर्जाका क्षेत्रमा, जलविद्युतको विकास सम्भावना र चुनौतीका विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले राखेको धारणाको सम्पादित अंश)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ९ : ४९ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्