भन्सार कार्यालयमा थन्किएका सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै « Khabarhub

भन्सार कार्यालयमा थन्किएका सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरू लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् ।

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरूमा मोटरसाइकल ६८०, तीन पाङ्ग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरू लिलाम हुन नसकेको छैन । करोडौँ मूल्य पर्ने सो सवारीसाधनहरू भन्सार परिसरमा यत्रतत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ ।

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसाधनहरू लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवारीसाधनहरू लिलाम गर्न सूचना निकालिने बताए ।

ती सवारीसाधनहरू चोरी पैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ११ : ३६ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन