अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको सडक दुर्घटनामा परी छ जनाको मृत्यु « Khabarhub

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको सडक दुर्घटनामा परी छ जनाको मृत्यु


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको राज्यका आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।

सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।

उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १ : २० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको