राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत « Khabarhub

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई रु २५ लाख ५५ हजार नगद पुरस्कार प्रदान गरेको हो ।

परिषद्को यसअघिको निर्णयबमोजिम १२औँ राष्ट्रपति रनिङ शिल्ड तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले १२औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगदसहित सम्मान गरिएको बताए ।

खेलाडीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रु दुई लाख, रजत पदक विजेतालाई रु एक लाख ५० हजार र कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरिएको छ । १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण, सात रजत र सात कास्य, कबड्डी टोलीसहित १६ कास्य पदक तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट दुई स्वर्ण, चार रजत र ११ कास्य पदक जितेका थिए । सन् २०२२ मा सञ्चालित अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई फुटबलतर्फ रजत पदक जित्न सफल हुम्लाका दीपा शाही रु ५० हजार र स्वर्ण पदक विजेता स्टे«न्थ लिफ्टिङ सुर्खेतका खगिसरा घर्तीलाई रु दुई लाख नगद पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकासमन्त्री टेकराज पछाईंले खेल क्षेत्रबाट कर्णालीले विश्व चिनाउन ठूलो योगदान गरेको बताए । “खेलाडी देशको गौरव हुन् तर नेपालमा खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेकै कारण अन्य पेशा रोज्नुपर्ने बाध्यता छ”, उनले भने, “कर्णाली प्रदेशमा त्यस्तो नहोस् भनेर खेलाडी र खेल क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।”

मन्त्री पछाईंका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा खेलकुदका पूर्वाधार तीव्रता साथ अगाडि बढाइएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि यो अवसर र चुनौती दुवै भएको बताए । यो अवसरको सदुपयोग गर्दै चुनौतीलाई सामना गर्न परिषद्ले योजना बनाइरहेको भन्दै उनले खेलाडीसहित सम्बन्धित सरोकारवालालाई साथ दिन आग्रह गरे।

सदस्य सचिव सञ्ज्यालले खेलाडीको पुरस्कार र प्रोत्साहन गर्न कर्णालीमा खेलको वर्गीकरण गरी प्रशिक्षणलाई प्रथामिकता दिने योजना बनाइएको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ९ : २४ बजे

क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा