राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत « Khabarhub

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका १० जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर कास्य, रजत र स्वर्ण पदकसहितका पदक जित्ने ४७ खेलाडीलाई रु २५ लाख ५५ हजार नगद पुरस्कार प्रदान गरेको हो ।

परिषद्को यसअघिको निर्णयबमोजिम १२औँ राष्ट्रपति रनिङ शिल्ड तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सिफारिसमा कर्णाली प्रदेश सरकारले १२औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगदसहित सम्मान गरिएको बताए ।

खेलाडीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रु दुई लाख, रजत पदक विजेतालाई रु एक लाख ५० हजार र कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरिएको छ । १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तीन स्वर्ण, सात रजत र सात कास्य, कबड्डी टोलीसहित १६ कास्य पदक तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट दुई स्वर्ण, चार रजत र ११ कास्य पदक जितेका थिए । सन् २०२२ मा सञ्चालित अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी भई फुटबलतर्फ रजत पदक जित्न सफल हुम्लाका दीपा शाही रु ५० हजार र स्वर्ण पदक विजेता स्टे«न्थ लिफ्टिङ सुर्खेतका खगिसरा घर्तीलाई रु दुई लाख नगद पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकासमन्त्री टेकराज पछाईंले खेल क्षेत्रबाट कर्णालीले विश्व चिनाउन ठूलो योगदान गरेको बताए । “खेलाडी देशको गौरव हुन् तर नेपालमा खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेकै कारण अन्य पेशा रोज्नुपर्ने बाध्यता छ”, उनले भने, “कर्णाली प्रदेशमा त्यस्तो नहोस् भनेर खेलाडी र खेल क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।”

मन्त्री पछाईंका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा खेलकुदका पूर्वाधार तीव्रता साथ अगाडि बढाइएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि यो अवसर र चुनौती दुवै भएको बताए । यो अवसरको सदुपयोग गर्दै चुनौतीलाई सामना गर्न परिषद्ले योजना बनाइरहेको भन्दै उनले खेलाडीसहित सम्बन्धित सरोकारवालालाई साथ दिन आग्रह गरे।

सदस्य सचिव सञ्ज्यालले खेलाडीको पुरस्कार र प्रोत्साहन गर्न कर्णालीमा खेलको वर्गीकरण गरी प्रशिक्षणलाई प्रथामिकता दिने योजना बनाइएको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ९ : २४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा