‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’ « Khabarhub

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई हेलचेक्राइ गरेको गुनासाे गरेका छन् । मेरूदण्डको पक्षघात कारण हिँडडुल गर्न नसक्ने व्यक्तिहरूका लागि नभई नहुने सहायक सामग्री ह्विलचेयर तथा यूरिनल किट लगायतका सरसफाई सम्बन्धी सामग्री र अत्यावश्यक रूपमा दैनिक प्रयोग गर्नुपर्ने औषधीको व्यवस्था सरकारले सहज रूपमा गर्न नसक्दा मेरूदण्डको पक्षघात भएका व्यक्तिहरूलाई अत्यन्त कठिन भएको उनीहरूले गुनासो गरेका हुन् । त्यति मात्र होइन ह्विलचेयर प्रयोगकर्ताहरूका लागि सार्वजनिक स्थलमा अपाङ्गतामैत्री शौचालय नहुँदा उनीहरू शौचालय जान नपाउने र सो का कारणबाट उनीहरूमा अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू समेत थपिने गरेको पिडा व्यक्त गरे ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा मेरूदण्डीय पक्षघात समुह नेपालले आज राजधानीमा आयोजना गरेको “बृहत कार्यशाला गोष्ठी” मा उनीहरूले सो पिडा व्यक्त गरेका हुन् । “मेरूदण्डको पक्षघातका भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीमा राजधानी लगायत सातै प्रदेशबाट दुईदुई जना प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन् ।

गोष्ठीमा कार्यपत्र प्रश्तुत गर्नु हुँदै धुलिखेल अस्पतालका स्पाइनल सर्जन डा दिपक श्रेष्ठले विभिन्न घट्ना तथा दुर्घटना भएको बखत घाइतेलाई उद्धार गर्ने क्रममाः उद्धारकर्ताले उचित तरिका अपनाएर र जतिसक्दो छिटो समयमै अस्पताल पु¥याउँन सके घाइतेलाई कम क्षति पुग्ने तथा उपचार गर्न र निको भई पुर्नस्थापना गर्न पनि त्यति नै छिटो र सहज हुने बताए । त्यसैगरी स्पाइनल इन्जरी पुर्नस्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा। राजु ढकालले स्पाइनल इन्जरीको उपचारसँगसँगै सो व्यक्तिको पुर्नस्थापनाको विषय पनि उत्तिकै महत्वपूर्ण हुँने जानकारी दिँदै यो केवल एक व्यक्तिको मात्रै संलग्नता, पहल, चासो र सरोकारको विषय मात्र नभई यो नितान्त सामुहिक कार्य भएकोले सबैले यस विषयमा बुझ्नु, जान्नु र पहल गर्नु अत्यन्त आवश्यक भएको बताए ।

कार्यपत्र प्रश्तुत गर्ने क्रममाः महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रले अपाङ्गता सम्बन्धी “विद्यमान कानुनी व्यवस्था एवं सेवासुविधा र मन्त्रालयबाट सञ्चालित कार्यक्रम र कार्यान्वयनको अवस्था” बारे जानकारी दिए। कार्यपत्र प्रस्तुत हुँदै उनले मेरूदण्डको पक्षघात भएका व्यक्तिहरूका लागि सरकारले उनीहरूको आवश्यकता अनुसार विशेष व्यवस्था गर्नका लागि पहल गरिरहेको बताए ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव डा। रबिन्द्र बास्कोटाले सरकारीस्तरबाट अपाङ्गतासँग सम्बन्धित स्वास्थ्य सम्बन्धी प्रावधान तथा उपलव्ध गराउँदै आएको सेवासुविधाका बारेमा कार्यपत्र प्रस्तुत गरे । सोही क्रममाः उनले डाक्टरहरूलाई अपाङ्गता सम्बन्धी विषयमा समेत विशेष जानकारी होस भनेर हाल ३ जिल्लाबाट अपाङ्गता तथा पुर्नस्थापना सम्बन्धी तालिम दिन शुरूवात गरेको बताए ।

गोष्ठीलाई संवोधन गर्दै मेरूदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालले मेरूदण्डको पक्षघातका भएका व्यक्तिहरूको समस्या अन्य शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको समस्या भन्दा फरक तथा जटिल हुने भएकोले यसलाई विशेष प्राथमिकता दिनका लागि सबैको ध्यानाकर्षण गराए । यसका साथै उनले मेरूदण्डको पक्षघातका भएका व्यक्तिहरूका लागि सरकारले व्यवस्था गरेका सेवासुविधाहरू उनीहरूलाई छिटो भन्दा छिटो प्रदान गर्नका लागि कानुनी प्रावधानहरूको व्यवहारिक कार्यान्वयनमा जोड दिन पनि आग्रह गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १० : ५४ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी