सेल्टालाई हराएपछि बार्सिलोनासँग रियलको अंक दुरी घट्यो  « Khabarhub

सेल्टालाई हराएपछि बार्सिलोनासँग रियलको अंक दुरी घट्यो 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल म्याड्रिडले स्पेनिल ला लिगको उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ ।

रियलले घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे । र, पहिलो हाफ १–० को स्थितिमा रहन पुग्यो ।

यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात् ४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २–० को स्थितिमा रहन पुग्यो । त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २–० मा टुंगियो ।

यस जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४७ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म