जोटाको दुई गोलमा लिभरपुल विजयी « Khabarhub

जोटाको दुई गोलमा लिभरपुल विजयी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।

लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थितिमा रहन पुग्यो ।

पुन जोटाले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउँदै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए । अत्यन्त रोमाञ्चक उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ५९ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६