जोटाको दुई गोलमा लिभरपुल विजयी « Khabarhub

जोटाको दुई गोलमा लिभरपुल विजयी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।

लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थितिमा रहन पुग्यो ।

पुन जोटाले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउँदै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए । अत्यन्त रोमाञ्चक उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल