देशमा पुँजीको अभाव छ | Khabarhub Khabarhub

देशमा पुँजीको अभाव छ

‘हल्ला गरिएजस्तो अर्थतन्त्रमा केही सुधार भएको छैन’


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

केही समय अगाडि नेपालको अर्थतन्त्र निकै नाजुक हुँदैछ भन्ने खालका भाष्य आएका थिए। केही दिन अगाडिबाट नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखा परेको छन् भन्ने कुरा भइराखेको छ। देशको अर्थतन्त्रको वास्तविक अवस्था के हो ? नयाँ अर्थमन्त्री देशको अर्थतन्त्रलाई सही दिशानिर्देश गर्छ भनिरहेका छन्। निजी क्षेत्रमा आएको नेतृत्व त्यसले अर्थतन्त्रमा केही सकारात्मक योगदान गर्ने कुरा भइरहेको छ। देशको अहिलेको अर्थतन्त्रको वास्तविक चित्र के हो ? यदि यो खराब तिर उन्मुख छ भने सुधारका निम्ति कसले के गर्नुपर्छ। यसै विषयमा आधारित रहेर अर्थविद् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

खासमा अहिलेको अर्थतन्त्रमा भएको के हो र वास्तवमा हुनुपर्ने चाहिँ के हो ?
नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा यसले म्याक्रो, बाहिय क्षेत्र र मौद्रिक क्षेत्रलाई बढी जोड दिएको छ। पहिले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको, शोधानान्तर घाटाको अंक पनि घट्दै गएको छ। चालु खाता पनि घट्दै गएको, व्यापार घाटा पनि उच्च भएर गएको अवस्था थियो। पछिल्लो समयमा हामीले वस्तु होइन श्रम बेचिरहेका छौं। त्यो श्रमका लागि खुरुखुरु दिनमा १५ सय मान्छे बाहिर गएको पाइन्छ। त्यसबाट हामीलाई बढी पैसा प्राप्त भएको भन्ने भान भएको छ। वैदेशिक मुद्रामा १६/१७ प्रतिशतले बढेको छ। नेपाली मुद्रा भन्दा डलरको भाउमाथि गएको हुनाले र स्वाभाविक ढंगले विनिमय दर पनि उच्च भएकोले जस्तो देखिन्छ। तर आन्तरिक सूचकहरू जस्ताको तस्तै छन्। अर्थतन्त्रको ४ खण्डमा १ खण्ड अलिकति सजिलो देखिएको मात्र हो। खासमा केही सुधार भएको छैन भन्दा पनि फरक नपर्ला ।

पैसा बजारमा नपठाई सरकारले रोकेर राख्यो भने के हुन्छ ?
पैसा बजारमा पठाउने नाममा जथाभावी पठाउनु भएन। त्यो पठाउने पद्धतिबाट नै पठाउनु पर्ने हुन्छ। सरकारी पैसा मात्र पठाएर हुने होइन। समग्र अर्थतन्त्रमा पोखरी भित्र पानीको आउने स्रोत के हो भनेर सरकारले वित्तीय स्रोतको कुरामा भएको पक्षलाई ध्यान दिनुपर्ने हुन्छ। खासमा भएका कार्यप्रति आफू सन्तुष्ट हुनुपर्छ।

निजी क्षेत्रको बैंकसँगको असन्तुष्टि खासमा के हो ? बैंक क्षेत्र आफै स्वायत्त निकाय होइन ?
बैंक र वित्तीय संस्था भनेको पनि अर्थतन्त्र भित्रको एउटा पाटो हो। बैंक तथा वित्तीय संस्था पनि चल्नुपर्छ। उचित मुनाफा पनि खानुपर्छ। त्यो संवेदनशील व्यवसाय हो। त्यसले अर्थतन्त्रलाई जोगाएमा मुनाफा हुने बैंकलाई नै हो। ३२ सयबाट नाघेको क्यापिटल मार्केटमा गोलमाल भएको हो। अर्थतन्त्रको सूचक धिमा भएर जाने कारण लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ। सरकारले अर्थतन्त्रलाई जोगाएमा आफैलाई सहज हुन्छ भन्ने कुराको खोज गर्नु जरुरी छ। अर्थतन्त्रको साइज के हो ? त्यसको अध्ययन गर्न सक्नुपर्ने हुन्छ। निजी क्षेत्र पनि चल्ने ठाउँ एउटै हो। निजी क्षेत्र चल्नलाई पनि स्रोत चाहिन्छ त्यसको मुख्य स्रोत भनेको वैदेशिक लगानीको स्रोत हो। अहिलेसम्म उद्योगमा हाम्रो लगानी २८ खर्ब रहेको छ। यसलाई अब बढाउनुपर्छ।

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य सुधार्नको लागि औषधि मात्र दिने हो कि के गर्ने?
अहिलेको तत्कालीन समस्या भनेको दैनिक रुपमा मूल्य बढेको छ। हाम्रो देशमा अहिलेको अवस्थामा पुँजीको अभाव छ। मुनाफामा काम गर्न सक्छु भन्ने अवस्था अहिल्यै छैन। राज्यले सबै पक्षलाई समेटेर देशको विकास गर्ने हो। अहिलेकै अवस्थामा यान्टिबायोटिक दिएन भने हामी असहजतामा परिरहेका छौं। हामी श्रम बेचिरहेका छौँ। श्रममा पाँच लाख जनशक्ति आउने रहेछ बजारमा। हामीले त्यसमा श्रम स्वीकृति अहिलेको अवस्थामा दिएका छौं। जनसंख्या हामी देख्छौँ। गणनामा त्यसमा घटबढ भएको नै पाइन्छ। जसकारण मान्छे बस्ने ठाउँमा हामीले सुविधा दिने र सहज रूपमा विकासका कार्यप्रति प्रेरित गराउन सक्नुपर्ने हुन्छ। वन, पशुपालन, कृषि पानीको सम्बन्ध धेरै राम्रो रहेको थियो। २००८ सालमा नेपालबाट १ अर्ब १२ करोडको सामान निकासी भयो। पैठारी जम्मा आठ लाख मात्र भयो। तर अहिले त्यसको ठिक उल्टो र २०३२ सालमा आएपछि निकासी हाम्रो २७ प्रतिशत रहेको थियो। २०४२ सालमा २० प्रतिशतले घटेर आएको हो। हाम्रो व्यापार सम्झौता तथा रक्षकहरूमा कमी भएको हो। हाम्रो सरकारी साधनको ४० प्रतिशत घाटा भएर जान्छ। ६० प्रतिशतले काम गर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ०४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी