धौलागिरि आधार शिविरमा भरिया बेपत्ता « Khabarhub

धौलागिरि आधार शिविरमा भरिया बेपत्ता


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा – धौलागिरि हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरि आधार शिविरबाट समान पुर्‍याएर फर्किने क्रममा भरिया अमृत राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-१ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ । धौलागिरि आधार शिविरमा समान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान छ ।

धौलागिरि हिमालमा हिउँ पहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ । शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : १९ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति