जनमतका प्रतिनिधिलाई दुई वटा बुथमा जान नदिइएको सिके राउतको आरोप « Khabarhub

जनमतका प्रतिनिधिलाई दुई वटा बुथमा जान नदिइएको सिके राउतको आरोप


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बारा – जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।

‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिइएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।’

प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्।

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : २४ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र