गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने  « Khabarhub

गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार नगरपालिका–२ गुरुधामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाले गाइघाट फुटबल ब्लब उदयपुरलाई शून्यविरुद्ध एक गोलले पराजित गरेको हो । दोस्रो हाफको ६१औं मिनटमा मकवानपुर ११ आयुष लामाले गरेको गोल नै निर्णायक बन्यो ।

उद्घटान सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए । खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै उनले त्यसका लागि नगरपालिकाले पहलकदमी लिनुपर्नेमा जोड दिए।

मेयर गोल्डकपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनियोजन गरेको छ। गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ।

मेयर गोल्ड कपमा देशभरका १० वटा टिम सहभागी रहेका छन् । मेयर गोल्ड कपको फाइनल खेल १८ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : ०१ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति